सानै छँदा उनीसँग लुकामारी खेल्नेबारे भुलेको छैन नि, हाँ, भुलेको छैन नि साथीसँगी सबै छाडी उनले मलाई अँगालेको भुलेको छैन नि, हाँ, भुलेको छैन नि सानै छँदा उनीसँग लुकामारी खेल्नेबारे भुलेको छैन नि, हाँ, भुलेको छैन नि ♪ बादलु घुम्टो ओढेर मायालु बेहुली बनेको म उनको राजा बनेर उनीलाई लिन आएको बादलु घुम्टो ओढेर मायालु बेहुली बनेको म उनको राजा बनेर उनीलाई लिन आएको सम्झिँदा त्यो दिन रसाउँछ आँखा, मायाको काख भुलेको छैन नि, हाँ, भुलेको छैन नि ♪ गोरेटो सानो गाउँको हात समाई हिँडेको छुट्टिने बेला उनीले फर्किँदै हेरिरहेको गोरेटो सानो गाउँको हात समाई हिँडेको छुट्टिने बेला उनीले फर्किँदै हेरिरहेको बिर्सियो होला मायाले मलाई, मैले त अझै भुलेको छैन नि, हाँ, भुलेको छैन नि सानै छँदा उनीसँग लुकामारी खेल्नेबारे भुलेको छैन नि, हाँ, भुलेको छैन नि साथीसँगी सबै छाडी उनले मलाई अँगालेको भुलेको छैन नि, हाँ, भुलेको छैन नि हो, भुलेको छैन नि, हाँ, भुलेको छैन नि