Kishore Kumar Hits

Sunil Giri - Mero Nepal lyrics

Artist: Sunil Giri

album: Mero Nepal


गुराँस फुल्ने सैलुङ्गे त मेरै देशको माटो हो
उकाली र ओराली नि मेरै देशको बाटो हो
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो देश
नेपाली हुँ म, नेपालको माया मुटुभरिभरि छ
नेपाली हुँ म, नेपालको माया मुटुभरिभरि छ
मेरै भिरपाखा, पखेरा प्यारो लाग्छ धेरै, जन्मिएको ठाउँ
गोर्खालीको खुकुरीमा पोतिएका रगतहरू
इतिहास जिउँदो राख्दै ढलेका ती सहिदहरु
वीरताको चिनारी छ मेरो प्यारो देशको
माया लाग्छ धेरै आमा, भाषा अनि भेषको
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो देश
हरियाली चारैतिर, कलकलाउँदो चिसो पानी
मेरै झण्डा फरफराउँछ, पूर्व मेची, पश्चिम काली
सगरमाथा छानो मेरो, गौतम बुद्ध शान मेरो
नेपाली भई बाँच्न पाउँ नेपालकै सेरोफेरो
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो नेपाल
मेरो देश

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists