Kishore Kumar Hits

Pushpan Pradhan - Thuldaju lyrics

Artist: Pushpan Pradhan

album: Indure Mindure


८ बजे जान्छ ५ बजे फर्किन्छ
रिस उठे आफै सित झर्किन्छ
८ बजे जान्छ ५ बजे फर्किन्छ
रिस उठे आफै सित झर्किन्छ
चिसो पानी पिउछ जुस खादैन
भात रोटी खान्छ घुस खादैन
कसरी भन्नु ठुल्दाजु उसले देश बनाउदैन
कसरी भन्नु ठुल्दाजु उसले देश बनाउदैन
रेष्टुरा मा कफि कहिले खादैन
आफ्नो काममा कहिल्यै लेट जादैन
ए.सि कारमा कहिल्यै चढेको छैन
हवाइजहाज मा पनि हिडेको छैन
भकारी, सन्दुक उसले फोरेको छैन
एक पैसा कहिल्यै चोरेको छैन
कसरी भन्नु ठुल्दाजु उसले देश बनाउदैन
कसरी भन्नु ठुल्दाजु उसले देश बनाउदैन
अक्षर चिन्छ स्कुल, कलेज गएको छैन
ग्लोबल भिलेज, आइ.टि नलेज बुझेको छैन
भोटर कार्ड छ तर क्रेडिट कार्ड छैन
भोट हाल्न भने उसले छाडेको छैन
छक्का, पञ्जा, तिक्का, चौका हानेको छैन
मान्छे हुन बाहेक अरुथोक जानेको छैन
कसरी भन्नु ठुल्दाजु उसले देश बनाउदैन
देश बनाउदैन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists