मगमगाउँदो तिमी गुलाब उडिजाने डन्डेलि परेँ म तर मन नै त हो नि यो तिम्रैबारे कल्पिरहेँ दिन र रात त्यही कल्पनामै भए पनि रमाइरहन्थेँ तिम्रोसाथ बिपनामा पनि नजिकिदियौ लुकीलुकी हुन थाल्यो हामी दुईको भेटघाट मात्र भन्न बाँकी अब यही थियो जब रातभन्दा लामो कुराकानी हुन्छ भने माया किन नभन्नु त्यसलाई? अनि भोलि होलान् या नहोलान् कोही मनका कुरा सबै भन्नू तिमी मलाई ♪ एक्लोपनको कैदी हुँ म तारा-आँखाको सबैकी परी तिमी म सोचको सागरमा डुब्छु ती सोचहरूका भुमरी तिमी मुस्कुराउँदा तिमी, हाँस्छ मेरो उजाड जिन्दगी वर्णन गर्न नसक्ने भावना हौ समयसँगै ढल्दै जान्छ यौवन, ए मायालु दर्पण सामु म तिमीलाई यही भन्छु जब रातभन्दा लामो कुराकानी हुन्छ भने माया किन नभन्नु त्यसलाई? अनि भोलि होलान् या नहोलान् कोही मनका कुरा सबै भन्नू तिमी मलाई थिएन यहाँ तिमीबाहेक कोही म कालो गगन, तिमी रङ्गीन इन्द्रेनी टुङ्गिदिन्छ हरेक बाटो तिमीमै बिरानो मनको ठेगाना तिमी नै ♪ जब रातभन्दा लामो कुराकानी हुन्छ भने माया किन नभन्नु त्यसलाई? अनि भोलि होलान् या नहोलान् कोही मनका कुरा सबै भन्नू तिमी मलाई