थाहा थिएन यति टाढा ल्याउँछ जीवनले थाहा थिएन यति धेरै आउँछ भनी तिम्रो याद आज छुन, चुम्न मन लाग्छ त्यो ओठ तर टाढा धेरै छ तिम्रो सहर आज घुम्न, रम्न मन लाग्छ हात समाई तर बाध्यतामा छु म यहाँ एक्लै गन्दै छु म दिन र रात आसैआसमा फेरि हुने साथ रम्छ मन, सोच्छु जब मेरो काँधमा तिम्रो सिर पाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रो कहिलेकाहीँ डराउँछु सोची गुमाउँछु कि तिमीलाई तर नजिक छ नि हाम्रो मन, टाढा भए नि हामी दुवै तिमी सुन, बुझ, फर्की आउनेछ त्यो समय जब फूल फुल्नेछ ल्याई खुशी जसरी भए नि आउनेछु म तिमी कहाँ तिमी मात्र नआत्तिई कुरिदेऊ है ♪ गन्दै छु म दिन र रात आसैआसमा फेरि हुने साथ रम्छ मन, सोच्छु जब तिमी र म एउटै छाताभित्र पाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रो