यो गीतका सबै पात्रहरू काल्पनिक हुन् कसैको वास्तविक जिवनसँग मेल खान गएमा हाम्लाई बाल हो नरेले निशालाई देख्यो parking मा चुरोट तान्दाखेरि दुईको आँखा जुद्यो भर्याँगबाट झर्दाखेरि घर गएर नरे सोचेकै-सोचेकै भयो निशालाई सम्झेर guitar बजाउन थाल्यो ए निशा, आँखामा गाजल लगाएकी ए निशा, कहाँ जान लागेकी? ए निशा, नरेले तिमीलाई मनपराको ए निशा, सम्झी-सम्झी गुनगुनाको तर नरेलाई थाहा छैन निशा त lesbian हो हा-हा-हा, कथामा कस्तो twist आएको यता नरे निशाको प्रेममा कवि भो उता निशा र कविता चाट्दैछन् एकअर्काको माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ मुना र मनोजको भेट भो कलेजको classroom मा कुरा गर्न थाले facebook को chatroom मा मुना बसेकै bench मा मनोज आई बसेको थियो उसको फिल्ममा मनोज भयो hero ए मनोज, लामो-लामो दाह्री पाली ए मनोज, मायाको जाल हाली ए मनोज, मुनाले तिम्लाई मनपराकी ए मनोज, सम्झी-सम्झी गुनगुनाकी अब कथामा जे सोच्यो त्यही हुने हो मुनालाई थाहा छैन मनोज त gay हो यता मुनाले बिहेको कुरा सोची सकी उता मनोजको मुखभरि माइकलको... माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ माया जोसँग नि हुन सक्छ माया जस्तो नि हुन सक्छ