भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? माया दिऊँ कि जीवनभर साथ दिऊँ? हे-हे, हे भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो ♪ जूनतारा टिपेर ल्याउँछु भन्दिन झूटो आशा दिलाई धोका दिँदिन तिम्रो लागि ज्यानै दिन्छु म भन्दिन किनकि तिमीसित सारा जीवन बिताउनु छ हे-हे, हे भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो ♪ सोखमा मात्र राख्छु तिम्लाई म भन्दिन सुख मात्र दिन्छु तिम्लाई म भन्दिन हरदम तिम्रै साथ रहन्छु म भन्दिन किनकि यो पापी पेटले माया मात्र भन्दैन हे-हे, हे भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो माया दिऊँ कि जीवनभर साथ दिऊँ? हे-हे, हे भन, मेरी प्रिय, तिमीलाई म के दिऊँ? हो