Kishore Kumar Hits

Yogeshwor Amatya - Bhanchhan Lognemanchhe lyrics

Artist: Yogeshwor Amatya

album: Karai Karle-Rock Yogis


भन्छन लोग्नेमान्छे भएर रुन हुन्न रे
मर्दको छोरोले आँसु झार्न हुन्न रे
तर किन हो किलकिले सुकसुकाइ रहन्छ
गह भरिएर आँसु पोखी रहन्छ
भन्छन लोग्नेमान्छे भएर रुन हुन्न रे
मर्दको छोरोले आँसु झार्न हुन्न रे
तर किन हो किलकिले सुकसुकाइ रहन्छ
गह भरिएर आँसु पोखी रहन्छ

मन सबको उस्तै उस्तै
किन र नारि को, मर्दको नामर्द
चोट लाग्दा सबलाइ बिझाउने अनि
थाहै नपाइ आँसु चुहिने
तर पनि किन सबै सधै भन्छन
हामी लोग्नेमान्छे भएर रुन हुन्न भनेर
मर्दको छोरोले आँसु झार्न हुन्न भनेर
कारण हाम्रो किलकिले सुकसुकाइ रहन्छ
गह भरिएर आँसु पोखी रहन्छ

रुन देउ मलाइ एकचोटि
डाको छाडी रुन देउ
मलाइ, बौलाले झै रुन देउ
यो आउने आँसु चुहाउन देउ
गठालो फुकाइ बगाउन देउ
आँसु, बहको आँसु सकाउन देउ

नभन लोग्नेमान्छे भएर रुन हुन्न रे
मर्दको छोरोले आँसु झार्न हुन्न रे
कारण मेरो किलकिले सधै सुक, सुक, सुक, सुकाइरहन्छ
गह भरिएर आँसु पोखी रहन्छ
नभन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists