Bidhan Shrestha - Purano Maya Lai lyrics
Artist:
Bidhan Shrestha
album: Best of Bidhan Shrestha
पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
सँगै जिउने-मर्ने खाएथ्यौँ कसम देउराली थानैमा
तिमी त केवल मेरै हो भन्ने ठानेथेँ मनैमा
सँगै जिउने-मर्ने खाएथ्यौँ कसम देउराली थानैमा
तिमी त केवल मेरै हो भन्ने ठानेथेँ मनैमा
छोडेर गयौ तिमीले मलाई निष्ठुरी बनेर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
हृदयदेखि लाएको माया बिर्सन गाह्रो भो
नबिर्सूँ भने तिम्रो यादमा बाँच्न साह्रो भो
हृदयदेखि लाएको माया बिर्सन गाह्रो भो
नबिर्सूँ भने तिम्रो यादमा बाँच्न साह्रो भो
जीवन त रुँदै बिताउँदै छु, के गर्नु बाँचेर?
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
पुरानो मायालाई बाटोमा भेट्दा आँसु बरर
मुटुमा मेरो भक्कानो फुट्यो, कलेजो थरररर
ए, आँसु बरररर
ए, कलेजो थरररर
ए, आँसु बरररर
ए, कलेजो थरररर
ए, आँसु बरररर
ए, कलेजो थरररर
Поcмотреть все песни артиста
Other albums by the artist