Swaroop Raj Acharya - Je Je Bhanchhau - Female Vocals lyrics
Artist:
Swaroop Raj Acharya
album: Je Je Bhanchhau
जे-जे भन्छौ, मानिदिन्छु, माया मार भन्दै नभन

तिम्रो-मेरो बीचको नाता अन्तै सार भन्दै नभन
हो, तिम्रो-मेरो बीचको नाता अन्तै सार भन्दै नभन

♪
तिमी हिँड्ने बाटोभरि काँडा टिपी फूलैफूल छरिदिउँला

तिम्रो मनको फूलबारीलाई माली बनी गोडिरहुँला
तिमी हाँस्दा हाँसिदिउँला, रुँदा आँसु पुछिदिउँला
तिम्रो हरेक भावना बुझिदिउँला
डाँडै काट भन्दै नभन, माया सार भन्दै नभन
जे-जे भन्छौ, मानिदिन्छु, माया मार भन्दै नभन
♪
सुन जोख्ने तराजुमा माया पनि जोख्न मिल्ने भए

देखाइदिन्थेँ तिमीलाई कति माया गर्छु भन्ने, हो
आकाशभन्दा फराकिलो, सागरभन्दा पनि गहिरो
चोखो-चोखो माया गर्छु तिमीलाई
बिर्सिदेऊ भन्दै नभन, माया मार भन्दै नभन
जे-जे भन्छौ, मानिदिन्छु, माया मार भन्दै नभन
तिम्रो-मेरो बीचको नाता अन्तै सार भन्दै नभन
हो, तिम्रो-मेरो बीचको नाता अन्तै सार भन्दै नभन
Поcмотреть все песни артиста
Other albums by the artist