Kishore Kumar Hits

Prashant Tamang - Aago Piyara lyrics

Artist: Prashant Tamang

album: Aago Piyara


आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै, छातीभरि ब्यथा छ
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै, छातीभरि ब्यथा छ
आगो पिएर बाँच्ने
मेरो संसार जहाँ आँसुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ काँडाहरु भरिन्छन्
मेरो संसार जहाँ आँसुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ काँडाहरु भरिन्छन्
चाहिन्न पानी चिसो पिडा पिएर बाँच्छु
चाहिन्न गाँस मीठो ज्वाला निलेर हिँड्छु
ज्वाला निलेर हिँड्छु
आगो पिएर बाँच्ने
मुस्कान ति सहरमा मैले नियाल्न खोजेँ
व्यथाहरु अरुका मैले स्याहार्न खोजेँ
मुस्कान ति सहरमा मैले नियाल्न खोजेँ
व्यथाहरु अरुका मैले स्याहार्न खोजेँ
आकाशलाई मनको बिश्वास बगाई धोएँ
सम्भावना रहरका आशा कुल्चेर आएँ
आशा कुल्चेर आएँ
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै छातीभरि ब्यथा छ
आगो पिएर बाँच्ने

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists