शीतल हावा खाँदै कछुवाझैँ हिँड्छु रे आकाश हेर्दा म कति अल्झी लडेँ यो संसारलाई बुझिरहेछु म कति धेरै प्रश्न नसोधी, नबोली गयो कस्तो यो समय नरोकी अघि बढ्ने? यो हावालाई लिएर के म अघि बढेछु? आफूलाई गुमाई तिमीलाई खोजिरहेछु शब्दहरूले लेखेको यो गीत म गाई म आफ्नो संसारमा भुलिगएछु कल्पनाको समुन्द्रमा म लहरमा बगी गएँ अन्धकारको शून्यतामा भित्ता हेरी लक्ष्य कोरेँ तिम्रै सम्झनामा भुलेछु म बतासले बोकी ल्याउँछ ती रङ्गीन कथाहरू सपनाबिनाको निन्द्रा म बिपनामा पछ्याउँछु उज्यालो यो किरणलाई आज समाउन देऊ यो निर्दोष आँखालाई बाटो देखाउन देऊ चराजस्तै उडी आकाशभरि उमङ्ग फिँजाई म, अनि झरनासँगै झर्छु म सागरको गहिराइमा के यही नै हो जीवनको अर्थ यो यात्रामा? उत्तरको खोजमा नबिथोली अघि बढौँ न आफूलाई मागेको के? चाहेको के? बुझेर, सोचेर पाइला सारौँ न यो हावालाई लिएर के म अघि बढेछु? आफूलाई गुमाई तिमीलाई खोजिरहेछु शब्दहरूले लेखेको यो गीत म गाई म आफ्नो संसारमा भुलिगएँ ए, म आफ्नो संसारमा भुलिगएछु म म आफ्नो संसारमा भुलिगएँ ए, म आफ्नो संसारमा भुलिगएछु