ढुङ्गा थपी जोड्यौ तिम्रो आफ्नो कोठा, बलियो र अग्लो आफ्नो छायाभित्र लुकी के पर्खी बस्यौ? के देख्छौ यो संसारलाई? हावा र पानी छेकी हिँड्यौ तिमी, अदृश्य बनाई आफैलाई ♪ रङ्गहरूबाट टाढा राख्यौ आफ्नो कल्पनालाई गल्ती नगर्ने प्रयासमा तिमी बाँच्न नबिर्सिनू है ढोका खोल न, एकैछिन पानीमा आफूलाई भिजाई हेर ♪ सेतो र कालो छुटाउँदै ढिलो नगर आफ्नो बाटो चिन्न धेरै हिँड्न पर्छ ए, हुरीबताससँगै खोल न चर्केको ढुङ्गाबाट सूर्य उदाउँछ आज ♪ आँखा खोल न, रङ्गहरूमा तिमी सपना हेर तिम्रो मन भिजाउन टुक्र्यौ भने तिमी भोलिमा भुल्नेछौ