दिनहरू बित्दै छ, अस्ताउँदै छ यो घाम हेर्दा यसरी लाग्छ म पुरानो हुँदै छु संसारमा समय रोकेर रोकिन्न पलहरु कहिल्यै फर्किन्न आफ्नो जीवन कहिले आफ्नो लागि हरेक बचन, कसमहरु टाढाटाढा हुँदै छु म आफूबाट टाढाटाढा हुँदै छु म संसार नहराऊ तिमी फेरि यो भूमरीमा छालहरु तरेपछि नडराऊ तिमी ऊज्यालोमा देखेको काल तिमी नै हौ भनी यो अनौठो संसार यो अनौठो संसारमा ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा ता-रा-रा, ता-रा-रा, ता-रा-रा-रा-रा-रा-रा