म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ थोपा-थोपा जम्मा भई सागर बनेन अझै म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ थोपा-थोपा जम्मा भई सागर बनेन अझै जीवन भनेकै अन्त्यको अनौठो पर्खाइ घुम्दा-घुम्दा पृथ्वीमै माटो भई बिलाउँछु कतै म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ ♪ आकाश छुने सपना बोकेर धर्तीमा कुदेँ ज्यानै फालेर आकाश छुने सपना बोकेर धर्तीमा कुदेँ ज्यानै फालेर अमूर्त त्यो आकाश, मात्र आँखाको सृष्टि सपना नै हो मुक्ति, सपना नै हो सिक्री म बाटो हिँडे झैँ कहीँ गइरहेछु ♪ यो रित्तो मनको बोझ के साह्रै गह्रुङ्गो बिसाउन खोज्दा त झन् भारी हुने भो, हो, हो, हो, हो यो रित्तो मनको बोझ के साह्रै गह्रुङ्गो बिसाउन खोज्दा त झन् भारी हुने भो, हो, हो, हो, हो म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ थोपा-थोपा जम्मा भई सागर बनेन अझै