तिमीले चाहेको उज्यालो मैदान म अँध्यारो कोठा । तिमीले चाहेको खुला आकाश म बन्द चार कुना । सप्तरङ्गी सपना तिम्रो टाटेपाटे बैजनी भित्ता म । तिमीले चाहेको उज्यालो मैदान म अँध्यारो कोठा । तिमीले चाहेको खुला आकाश म बन्द चार कुना । सप्तरङ्गी सपना तिम्रो टाटेपाटे बैजनी भित्ता म । तिमीले चाहेको हँसिलो मुस्कान म रसाएका आँखा । तिमीले चाहेको अँगाल्ने हात म भागिरहने गोडा । मुटुभरी आशा तिम्रो मायादेखि डराउने मन म । गह्रुङ्गो याद मायाको भारी बिसाउँदा नि, दोधारे चित्त दुखिरहन्छ फकाउँदा नि, सधैँ माया दिनेछु भन्ने साथी तिमी, बितेको पल सम्झि-सम्झि टुक्रिराख्ने म... म...