झुमभुम पाकुम, घुमभुम पाकुम झुमभुम पाकुम, घुमभुम पाकुम झुमभुम पाकुम, घुमभुम पाकुम झुमभुम पाकुम, घुमभुम पाकुम ♪ लोरी को धुन धुन, हे-ए माया सुन सुन भमरा को भुन भुन, टह टह जुन जुन संसारै हे माया निदरीमा डुबिराछ सपनीमा नी माया खुशी तिमिलाई कुरिराछ ♪ घामजस्तै उज्यालो छरेर आउ है निदरीको मैदानमा सपनी कोरेर आउ है घामजस्तै उज्यालो छरेर आउ है
निदरीको मैदानमा सपनी कोरेर आउ है ♪ जुनकिरी को टिलपिल, रातमा झन झिलमिल तिमी पनि खोल दिल अध्यारोको अघिल्तिर संसारै हे माया अधेरीमा भुलिराछ तिम्रो हाँसो को माया भर है परिराछ ♪ चिरबिराउने चरी झै गाउदै आउ है सधै खुशी र माया को बाटो पछ्याउँदै आउ है चिरबिराउने चरी झै गाउदै आउ है सधै खुशी र माया को बाटो पछ्याउँदै आउ है