Kishore Kumar Hits

Pahenlo Batti Muni - Aina Ra Daag lyrics

Artist: Pahenlo Batti Muni

album: Asthir


आँखा बन्द गरी बसु कि
हात बाँधि बसु
लालच बांडी रहेछौ बजारमा
म पनि त मान्छे नै हु

धनले त्रिनेत्र खुल्छ उन्को त
म केवल यहाँ पूजारी हु
तिमीले प्रसाद नचढाए
गुलियोको स्वाद नै थाहा हुन्नथियो
के गल्ती मेरो मात्र हो
नियाली हेर आँफैलाई
म त तिम्रै ऐना हु
तिमी मै दाग पो छ कि कतै
हेर न

ए कान चिरेको जोगी
आईपुगिस त यहि फेरी
केही दिन्छन भनी ढुक्न
आसु पसिना फाली
त कुकुरलाई पाली
राखेको टोक्न कि भुक्न
ढाट्न र खान मै
ब्यस्त छस बाहाना नबना
तेरो एक सुन्यले
सुन्यै भो लाखौंको सपना
बुझिनस के

के गल्ती उस्को मात्र हो
नियाली हेरौ आँफैलाई
उ भन्छ हाम्रै ऐना हो
हामी मै दाग पो छ कि कतै
हामी मै दाग पो छ कि कतै
हामी मै दाग पो छ कि कतै
हामी मै दाग पो छ कि कतै
सोचौन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists