सीमारेखा मलाई पनि देखाइदेऊ पाइलाले नाघ्लान् फेरि जानी नजानी पानी मेरो पाउमा लगाइदेऊ आगैले जल्ला बाटो फेरि ♪ गलत मै हुन सक्छु, तिमी सही गलत मै हुन सक्छु, तिमी सही दुनियाँ रङ्गबिरङ्गी, आँखा मेरा यी दोषी, सेतो र कालो मात्र भनी दोष मेरो सच्याइदेऊ, पट्टी मलाई नि लगाइदेऊ, तराजुले तौलेजति गलत मै हुन सक्छु, तिमी सही ♪ मेरा यी पाइलाहरूले तिमीलाई ठेस लाग्ला मेरा यी गीतहरू चुपचाप बेस लाग्ला हेर मेरो आँखामा जहाँ देख्छौ अन्धकार अँध्यारो हैन, आगो यो, परे जल्छ तिम्रो संसार, हो गलत मै हुन सक्छु, तिमी नि हैन सही गलत मै हुन सक्छु, तिमी नि हैन सही ♪ अज्ञानी म, अज्ञानी म, अज्ञानी अज्ञानी म, अज्ञानी म, अज्ञानी अज्ञानी म, अज्ञानी म, अज्ञानी अज्ञानी म, अज्ञानी म, अज्ञानी