Kishore Kumar Hits

Yash Kumar - Tmro Ra Mero lyrics

Artist: Yash Kumar

album: Narune Aakha Haru


ओ पूर्वाञ्चल, पूर्वाञ्चल एक्सप्रेस, ल पूर्वाञ्चल एक्सप्रेस
ओ भाइ, यता आऊ न, यार, छिटो ल
छुट्न लाग्यो, छुट्न लाग्यो, जाम्-जाम्
ल, ल, ल, छुट्यो, छुट्यो

तिम्रो र मेरो, ओ-हो, एउटै सिट परेछ
लौन, यो दैवले अचम्मै गरेछ
तिम्रो र मेरो एउटै सिट परेछ
लौन, यो दैवले अचम्मै गरेछ

कहाँसम्म हिँड्यौ, ओइ माया, तिमी एक्लै कि साथी छ?
पीर नगर्नू एक्लै भए पनि, मन यो जाती छ
हो, कहाँसम्म हिँड्यौ, ओइ माया, तिमी एक्लै कि साथी छ?
पीर नगर्नू एक्लै भए पनि, मन यो जाती छ
इलामतिर आउनू है, मायाप्रीति लाउनू है
हितैषी मायालाई चियाबारी घुमाउनू है
इलामतिर आउनू है, मायाप्रीति लाउनू है
हितैषी मायालाई चियाबारी घुमाउनू है
ओ, गाजलु आँखाले, ओ-हो, यो मन चोरेछ
लौन, यो दैवले अचम्मै गरेछ

काठमाडौँ तिम्रो कहाँ निर घर? म बस्छु तीनकुने
हाँसेर मात्रै किन बसेकी? बात गर मन छुने
हो, काठमाडौँ तिम्रो कहाँ निर घर? म बस्छु तीनकुने
हाँसेर मात्रै किन बसेकी? बात गर मन छुने
चोखो मायापिरती बीच बाटोमा नटुटोस्
सुखदुःख बाँड्नू है, मृत्यु पछि साथ छुटोस्
चोखो मायापिरती बीच बाटोमा नटुटोस्
सुखदुःख बाँड्नू है, मृत्यु पछि साथ छुटोस्
ओइ गुरुजी, होस गर है, होस गर
जाम्-जाम्, गुरुजी, ठिक छ, ठिक छ, जाम्
ए, गालैको कोठीले, ओ-हो, यो मन हरेछ
लौन, यो दैवले अचम्मै गरेछ
तिम्रो र मेरो, ओ-हो, एउटै सिट परेछ
लौन, यो दैवले अचम्मै गरेछ
लौन, यो दैवले (लौन, यो दैवले) अचम्मै गरेछ (अचम्मै गरेछ)
लौन, यो दैवले (लौन, यो दैवले) अचम्मै गरेछ (अचम्मै गरेछ)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists