Kishore Kumar Hits

Eleena Chauhan - Pagal Banayeu lyrics

Artist: Eleena Chauhan

album: Pagal Banayeu


दुईटा मुटु एउटै बनी गरेको त्यो वाचा
लत्याएर माया मेरो के पायौ र आज?
हो, दुईटा मुटु एउटै बनी गरेको त्यो वाचा
लत्याएर माया मेरो के पायौ र आज?
तिम्ले मलाई कहिल्यै बुझेनौ
पत्थर मनले आफ्नो सोचेनौ
मलाई पागल बनायौ
हाँसो खोसी सास रोकी जिउने बनायौ
तिम्ले हाँसो खोसी सास रोकी जिउने बनायौ

मेरो प्रेममा खोट देख्यौ कि स्वभावमा दाग?
"सयौँ जुनी तिमी मेरै" भन्थ्यौ, छोडी गयौ आज
मेरो प्रेममा खोट देख्यौ कि स्वभावमा दाग?
"सयौँ जुनी तिमी मेरै" भन्थ्यौ, छोडी गयौ आज
हाँस्दा हाँस्दै मलाई रुवायौ
चोटैचोटमा मलाई डुबायौ
मलाई बौलाहा बनायौ
हाँसो खोसी सास रोकी जिउने बनायौ
तिम्ले हाँसो खोसी सास रोकी जिउने बनायौ

तिम्रो याद आउने सबै फोटो जलाइसकेँ
तिम्लाई सम्झी तड्पी कराउनु कराइसकेँ
तिम्रो याद आउने सबै फोटो जलाइसकेँ
तिम्लाई सम्झी तड्पी कराउनु कराइसकेँ
तिमीलाई म कसरी बिर्सूँ?
टुक्रेको मुटु कसरी सिलाऊँ
मलाई दोषी बनायौ
हाँसो खोसी सास रोकी जिउने बनायौ
तिम्ले हाँसो खोसी सास रोकी जिउने बनायौ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists