एक दुइ दिनको त कुरा हो के कुर्न सक्छौ कि काठमाडौँ शहरमा? नाङ्गो पाइला सारी अगि हिदेछु कहिले पुग्ने होला हिजो जस्तै भोलिको दिनपनि, के तिमी गन्दैछौ? इ आशाको साहारा लि उडी औनेछु बिहान कुनै दिन के तिमी उड्न सक्छौ मेरो हात समाई? के तिमी लड्न सक्छौ दुइ दिन को लडाई? तिनचार वर्षको समय यसरी बितेको चालै पाईन आकाश माथि टोलाई पर्खि बसेछु कति बेर कुर्ने होला अन्दकारमा बिताए, जाडो महिना पनि कति छिटो बितेको होला कालो सेतो सम्झना मुटुमा रहन्न, जिन्दगि भरि के तिमी उड्न सक्छौ मेरो हात समाई? के तिमी लड्न सक्छौ दुइ दिनको लडाई? अवरोधहरु धेरै छन्, इ सबै मेटाई फर्की आउनेछु, सपनाहरु सझाई तिम्रो निलो आँखामा यो कालो आकाशको छायाँ रहन्न सधै तिम्रो निलो आँखामा यो कालो आकाशको छायाँ रहन्न सधै तिम्रो निलो आँखामा यो कालो आकाशको छायाँ रहन्न सधै तिम्रो निलो आँखामा यो कालो आकाशको छायाँ रहन्न सधै बरु घामको प्रकाशझैँ आफू आफ्नो संसारमै, चम्किनु तिमीले भनेको जस्तै