Rajesh Payel Rai - Paunu Matra lyrics
Artist:
Rajesh Payel Rai
album: Just for You
पाउनु मात्र होइन रैछ, गुमाउनु नि माया
कलेजीको सँघारमा दुख्ने घाउको पानी माया
बिछोड नै दुई मुटुको घाउ स्नेहतामा
स्नेहतामा, स्नेहतामा
आकाशको जूनझैँ एक्लो थिएँ, एक्लै भएँ
आकाशको जूनझैँ एक्लो थिएँ, एक्लै भएँ
वाचाबन्धन छुटिँदा धर्तीको फूलसँगै रोएँ
वाचाबन्धन छुटिँदा धर्तीको फूलसँगै रोएँ
पीडा नै सहारा भयो, बाँचुन्जेल घामछाया
कलेजीको सँघारमा दुख्ने घाउको पानी माया
बिछोड नै दुई मुटुको घाउ स्नेहतामा
स्नेहतामा, स्नेहतामा
डाँडाको घामझैँ तिमी मदेखि अस्ताउँदा
डाँडाको घामझैँ तिमी मदेखि अस्ताउँदा
झस्किएर मुटु बिझ्छ आँसुको भेल उर्लिँदा
झस्किएर मुटु बिझ्छ आँसुको भेल उर्लिँदा
मिलनमा मात्रै होइन, बिछोडमा नि माया
कलेजीको सँघारमा दुख्ने घाउको पानी माया
बिछोड नै दुई मुटुको घाउ स्नेहतामा
स्नेहतामा, mm-hm, hm-hm-hmm
Поcмотреть все песни артиста
Other albums by the artist