रूपले होइन मनले रोजेको ओइलेर जानेछैन हाँसोलाई होइन आँसुलाई चिनेको बगेर जानेछैन मनलाई बुझाई, कटेर नौ डाँडा जानुछ है, माया, तिमीबाट टाढा यादले सताउला, आँखाहरू रसाउला भन्न नसके नि त्यो मनलाई थाहा होला घाम होस् या छाया जोगाउँछु तिमीलाई माया हो-हो, जोगाउँछु हाम्रो माया खोजेर कमजोरी जित्नुछैन माया सुन्नुछ मनका कुरा ती अलझेर तिम्रै मनमा, बास होस् तिम्रै जीवनमा हुनुछ तिम्रै, कान्छी पर्खेर बसूँ कि एक मुठी सास बोकी? सपनीमा देखी झस्केर बिउँझ्यौ कि? पीरले सताउला, सम्झना धेरै आउला भन्न नसके नि त्यो मनलाई थाहा होला घाम होस् या छाया जोगाउँछु तिमीलाई माया हो-हो, जोगाउँछु तिमीलाई माया हो-हो, जोगाउँछु तिमीलाई माया घाम होस् या छाया जोगाउँछु हाम्रो माया