जून बनी झुल्किरह्यौ यो मनको आकाशमा जून बनी झुल्किरह्यौ यो मनको आकाशमा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा ♪ चन्द्रमालाई सधैँ छोप्न कहाँ सक्छ बादलुले चन्द्रमालाई सधैँ छोप्न कहाँ सक्छ बादलुले छाडी जान कहाँ सक्छ र हितैको मायालुले भमराझैँ डुलिरह्यौ मेरो मनको बगैँचामा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा ♪ आगोको त्यो धुवाँलाई छोप्न कहाँ सकिन्छ आगोको त्यो धुवाँलाई छोप्न कहाँ सकिन्छ बसेको यो पिरतीलाई छुटाउन कहाँ सकिन्छ छाया बनी जताततै तिमीले मलाई पछ्याइरह्यौ माया छर्दै बाटोभरि मखमली फूल बिछ्याइरह्यौ जून बनी झुल्किरह्यौ यो मनको आकाशमा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा