Kishore Kumar Hits

Deepa jha - Bihaniko Sital Hawa lyrics

Artist: Deepa jha

album: Jhilimili


हे, हे, हे, हे
हो, हो, हो, हो

बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

हाँगा-हाँगा पातबीच लालीगुराँस आफै फुल्छ
पसिना पुछ्दापुछ्दै भरियाले दुःख भुल्छ
हो, हाँगा-हाँगा पातबीच लालीगुराँस आफै फुल्छ
पसिना पुछ्दापुछ्दै भरियाले दुःख भुल्छ
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

चौबन्दीको चोलीमा चेली माइती फर्किन्छ
लाहुरेको सम्झनाले घरघरमा खुसी छ
हो, चौबन्दीको चोलीमा चेली माइती फर्किन्छ
लाहुरेको सम्झनाले घरघरमा खुसी छ
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists