Kishore Kumar Hits

Pawandeep Rajan - Timro Hamro Bhet Kahile Hune Ho lyrics

Artist: Pawandeep Rajan

album: Timro Hamro Bhet Kahile Hune Ho


घाम पनि गयो नौडाँडा काटेर
जून पनि गयो नौडाँडा काटेर
बरै! नौडाँडा काटेर

घामले लाली छरेर गइगयो, गइगयो
बार्दलीमा कुरेको देखेर
बार्दलीमा कुरेको देखेर
जूनले चाँदी लिपेर गइगयो
देउरालीमा पर्खेको देखेर
देउरालीमा पर्खेको देखेर
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
यो मुटुमा दिनरातै बसेर
यो मुटुमा दिनरातै बसेर
घाम पनि गयो नौडाँडा काटेर
जून पनि गयो नौडाँडा काटेर
बरै! जून पनि गयो नौ डाँडा काटेर

सिरेटो चल्दा सुबास तिम्रो मनमा आइदिन्छ
मनमा खस्दा मुस्कान तिम्रो मनमा आइदिन्छ
साउने झरी रुझाई गइगयाे
पिरतीमा तिर्खाको देखेर
पिरतीमा तिर्खाको देखेर
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
यो मुटुमा दिनरातै बसेर
यो मुटुमा दिनरातै बसेर
घाम पनि गयो नौ डाँडा काटेर
जून पनि गयो नौ डाँडा काटेर
बरै! जून पनि गयो नौ डाँडा काटेर, hmm

गाउँलेको घरको दैलो छ खुला, पाइला टेक्छ्यौ कि?
मायामा ठूलो मनको आँखा उघारी हेर्छ्यौ कि?
कोइलीले गीत गाएर गइगयाे
चोखो माया बसेको देखेर
चोखो माया बसेको देखेर
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
तिम्रो-हाम्रो भेट कहिले हुने हो?
यो मुटुमा दिनरातै बसेर
यो मुटुमा दिनरातै बसेर
घाम पनि गयो नौ डाँडा काटेर
जून पनि गयो नौ डाँडा काटेर
बरै! जून पनि गयो नौ डाँडा काटेर, है
हो, हो
Hmmm, हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists