नभनेका कुराहरू आज मनमै नराख मायाका कुरा न हुन्, डराउनूँ किन? बलले भए बलै पो लाउँथेँ करले हुने भए करै पो गर्थेँ मनका कुरा न हो, बुझ्ने कसले? एकोहोरो माया गरिरहेँ जहिले भन्नूँ नि के भनूँ? ढुङ्गा टिपी के हानूँ? मायाका कुरा न हो, आफैले जान्नू कुरा गरे कुरैको दुःखो माया गरी मन मेरो फुट्यो रुनलाई आँखाहरू, चुम्नलाई ओठ दुखाउनलाई त मन न छँदै छ नछोड्ने हात अनि नछोड्ने साथ भन्थ्यौ सम्हाल्न आफूलाई आफै त छँदै छ नगाएका गीतहरू आज तिम्रै निम्ति छ मायाका कुरा न हुन्, डराउनूँ किन? माया जिउँदोमै गाँस ल! माया जिउँदोमै गाँस ल! माया जिउँदोमै गाँस ल!