आँट आउँछ मलाई तिमी मेरो साथमा छौ आँट आउँछ मलाई तिमी मेरो साथमा छौ रातभरि हुरी चल्यो घरको धुरी सबै हल्यो बेसरी मुटु काम्यो हौ तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ आँट आउँछ मलाई तिमी मेरो साथमा छौ बगैंचाको पर्खाल झर्यो महिनौंको मेहनत ढल्यो कस्तो कालो औंसी पर्यो हौ हेर्दा हेर्दै ओठबाट मुस्कानहरु झरिगयो साँच्दा साँच्दै हातबाट खुसीहरू खसिगयो हौ छेक्दा छेक्दै आँगनबाट घाम पनि भागिगयो रोक्दा रोक्दै वसन्तलाई बगैंचा उजाड भयो हौ ♪ आगोको फिलिंगो माथि उडेझै मानिस कष्टको लागि जन्मन्छ हो हो आगोको फिलिंगो माथि उडेझै मानिस कष्टको लागि जन्मन्छ डरको चिसो पाउजाले घाँटीमा समाउँदा भोलिको अनिश्चितताले प्रश्वास दबाउँदा सपनीमा सास्ती अनि मिल्छ बिपनीमा नि व्यथा मिल्छ बिपनीमा नि व्यथा तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ आँट आउँछ मलाई तिमी मेरो साथमा छौ बलियो हाम्रो मायाले, जीवनको धुरी कसौंला माया नै पो लक्ष्य रैछ हौ ईश्वरले तिमी दिलाई, कत्रो गुण गर्यो मलाई हर ऋतुमा जीवन साथी सधैं तिमी मेरो साथमा छौ आँट आउँछ, साहस आउँछ भविष्यको सामना गर्न औंसी रातमा पनि ज्योति छाउँछ जब तिमी मुस्काउँछौ भन्छु केही सुझाव मेरा संसार जित्न हिडेकालाई माया भन्दा अरु ठूलो त्यहाँ छैन् केही जित्नलाई