मेरो प्रिय, मेरो सबै थोक मेरो हाँसो, ओखती र रोग मेरो रुवाइ, उत्तेजना र शोक मेरो नर्क र मेरो स्वर्गलोक मलाई याद आउँछ ती दिन पर्खी बस न एकै छिन र नछोड समातिराखेको हात टुङ्ग्याऊ न तिम्रो बात भन मलाई बिछोडको वेदना यो लत्रिएको भावना यो मुटु सम्हालेर राख्न कति गाह्रो हो? तिम्रो उदासीपनको प्रेरणाको दोषी मै हो, हैन र? मलाई थाहा छ, नसम्झाऊ न म सिद्ध छैन होला तिम्रा ठूला-ठूला सोच-विचार छाडी जाने संसार जहाँ जून रमाउँछ, अस्ताउँदा घाम तर मेरो त संसारै तिमी हौ भन म भागी कहाँ जाऊँ जब तिमी नै हौ मेरो पूर्णविराम? मेरो प्रिय, मेरो सबै चिज मेरो गर्व, मेरो चोखो आरिस मेरो शरम, मेरो अमृत र विष मेरो सपनाको दौँतरी मलाई याद आयो ती दिन पर्खी बसेनौ एकै छिन र छोडी गयौ समातेको हात टुङ्ग्याएनौ तिम्रो बात