मायालु, खै, के भनूँ, लुकामारी खेल्छन् मेरा बोली सबै लजाउँदै, ती आँखाले जिस्काउँदा बयान म कति गरूँ? ओइलिएलान् शब्दहरू यी होंठले ती होंठलाई रङ्गाएर भन्छु बरु मायालु, तिमीलाई माया गर्छु तिमीसँगै बाँची अब, तिमीसँगै मर्छु ♪ माया, तिमी नै भन न कहाँबाट ल्याउनु अब उपमा म नयाँ-नयाँ तिमीलाई बुझाउन बयान म जति गरूँ, अपुग छन् लबजहरू यी आँखाले ती आँखामा नियालेर भन्छु बरु मायालु, तिमीलाई माया गर्छु तिमीबिना बाँचिसकेँ, तिमीसँगै मर्छु ♪ सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि मेरा बोलीसरि तिमीमै ♪ सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि मेरा बोलीसरि तिमीमै सुस्तरी, सुस्तरी बिलाइजाऊँ म पनि मेरा बोलीसरि तिमीमै बोली त बोली न हो, तर कहिलेकाहीँ त्यही बोलीमै भनिदेऊ मलाई मायालु, तिमीलाई माया गर्छु तिमी भेट्नै बाँचिबसेँ, तिमीसँगै मर्छु