हिजोआज तिम्रो-मेरो कुराकानी हुँदै भोलिपर्सि मायाप्रीति बस्ने हो कि कतै? अहिलेलाई त राखिरहेछु सम्हालेर मुटु तर भोलि कतै तिम्ले चोरी लाने हो कि? भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै तर छियाछिया मुटु मेरो नगरिदिनू है तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी त्यसैले आऊ न, माया, यता ♪ कहिलेकाहीँ मध्यरातमा तिम्रो यादले मलाई उठाइदिन्छ फेरि सुत्नै नसकिने गरी माया के हो थाहा थियो जस्तो लाग्थ्यो पहिले यसरी मनले कसैलाई खोजेथिएन कहिल्यै भन मात्रै तिमीलाई के चाहिन्छ, दिन्छु म सबै तर छियाछिया मुटु मेरो नगरिदिनू है तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी त्यसैले आऊ न, माया, यता ♪ Hmm, मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है Hmm, मुटुले थाम्न नि नसक्ने, त्यस्तो माया, ए कान्छी, नगर न है