Kishore Kumar Hits

Sajjan Raj Vaidya - Hataarindai, Bataasindai lyrics

Artist: Sajjan Raj Vaidya

album: Hataarindai, Bataasindai


कता-कता छौ कुन रूपमा, कुन सोचमा हराउँदै
कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
पर्खिबसेछु म बोकेर यो माया मेरो दिन तिमीलाई
आउनू मकहाँ माया तिमी हतारिँदै, बतासिँदै
हो-ओ...
हो-ओ
तिम्रो र मेरो, हाम्रो कथाको शिर्षक 'धैर्य' बनिसकेछ
तिमीलाई नदेखी तिम्रो अनुहार आँखामा मेरो बसिसकेछ, माया

शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यही मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?

कता-कता छौ कुन रूपमा, कुन सोचमा हराउँदै
कुन गीतको कुन बोलमा आफैलाई पहिल्याउँदै?
पर्खिबसेछौ कि बोकेर त्यो माया तिम्रो दिन मलाई
आउँदैछु माया तिमीकहाँ हतारिँदै, बतासिँदै

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists