Kishore Kumar Hits

Sajjan Raj Vaidya - Anountho Mutu lyrics

Artist: Sajjan Raj Vaidya

album: Mooskaan


One, two, three, four

एकछिन भएर के भो त तिमीलाई नदेखेको?
एकदम याद आइरहेछ, कुर्न नै गाह्रो भयो
तिम्लाई एकछिन-एकछिनमा फेरि मैले बोलाउँदा
नरिसाउनू, माया
साह्रै अनौठो छ यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, ooh

एकचोटि भए पनि राती निदाउनु अघि
भनिदिनू है, माया, याद गरिरहेछौ कि
मलाई, मैले तिमीलाई सम्झिरहेको जस्तै
जति देखे नि तिम्लाई
सकिन्न सम्हाल्नै यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, अँगालोमा, ooh

अनौठो छ यो, oh, मुटु मेरो
तिम्रो सम्झनामा डुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना सजाएर, तिमीकहाँ ल्याएर
आइबस्छ तिम्रो अँगालोमा, ooh
अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो अँगालोको मायामा नै बस्नेछु म सधैँ (तिम्रो अँगालोमा)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists