चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई खोली पढिदेऊ न है ♪ अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेर मनले जानेको सबै
अक्षर-अक्षर जोडेर, भावनाहरू सबै पोखेर तिमीलाई नै सुम्पिदिएँ यो मन तिम्रो हरअस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ हाँसोले खुसी चिने झैँ मेरो मुटुले तिमीलाई चिन्छ ♪ हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी एउटै नाम बोकेर
मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर म तिम्रै निम्ति जिएँ जीवन तिम्रो हरअस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ हाँसोले खुसी चिने झैँ मेरो मुटुले तिमीलाई चिन्छ ♪ भएजति मेरो माया अलिअलि गर्दागर्दै तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै तिम्रै हाँसोको दृश्यले मेरो खुसीलाई रूप दिन्छ तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ