आज फेरि तिम्रो याद आयो सम्झनाले आँखा रसायो बिर्सिएको माया सलबलायो मनभरि कालो बादल छायो हातमाथि हात राखिदिने छैन तिम्रा ती कोमल हातहरू मन आत्तिएको बेला सम्हालिदिने छैन तिम्रा सुरिला बातहरू थाहै छैन कहाँ गल्ती भयो नाता चोखो मनको टुटिगयो अब म लड्दै छु, भुलाउन खोज्दै छु अब म लड्दै छु, भुलाउन खोज्दै छु तिम्रो याद सधैँलाई, सधैँलाई ♪ हामी सँगै हुँदा जानी नजानी तिम्रो चित्त मैले दुखाएँ होला तिम्रो सानो-सानो भूलमा पनि तिम्रो आँसु मैले बगाएँ होला Mmm, भूल सम्झी तिमी माफी देऊ काँडा सम्झी झिकी फ्याँकिदेऊ तिमी मेरो यादहरूलाई, -हरूलाई -हरूलाई, -हरूलाई ♪ भूल सम्झी तिमी माफी देऊ काँडा सम्झी झिकी फ्याँकिदेऊ तिमी मेरो यादहरूलाई, -हरूलाई