आज फेरि फर्की आएछ दिन नयाँ हिजो जे भयो, भोलि के होला सोचेर डराऊँ किन? पीरहरू भुली सबै रमाऔँ न आज छुटिएका हात फेरि समाऔँ न आज दु:ख साटी सुख बाँडौँ आफूहरूमाझ सबै सँगै हुँदा, हेर न, घर उज्यालो हर्षको गीत यो गाउँदै आज मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो हर्षको गीत यो गाउँदै आज मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो ♪ आज फेरि म कुर्दै छु तिम्रो नै बाटो यहाँ साथ सँगै हुँदा समय उडेर जान्छ कहाँ? जति टाढा उति गाढा सम्बन्ध यो प्यारो मनै मेरो भरिदिने मीठो तिम्रो हाँसो तिमी जहाँ-जहाँ त्यहाँ खुशीले डोर्यायो तिम्रो यादले आज फेरि घर बोलायो टाढा गएको मेरो मायालाई पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना टाढा गएको मेरो मायालाई पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना ♪ हर्षको गीत यो गाउँदै आज मिलेर मनाऔँ न सम्बन्ध उत्सव यो टाढा गएको मेरो मायालाई पठाउँदै छु चिठ्ठीमा राखेर सम्झना