यो रातको समयमा तिमी र म मन्द-मन्द वेगमा चाली पाइलाहरू प्रश्न हजारौँ केलाउँदै मनभरि हिँडिरहेको तिमी र म वातावरण सुनसान छ ओठहरू चुपचाप छन् यो रातको दोष नै पो हो कि? नजिकिदिएछ हाम्रो मन यो रातको त के भरोसा? बिहानी आउँछ एक छिनमा रोकिदिएर वेग समयको भुलिदिऊँ यो पलमा एक छिन भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन ♪ एक कदम तिमी चालेर हेर अर्को कदम मेरै हुन्छ ओठले नसके पोख्न भावना आँखैले भन्देऊ न के छ बयान गरूँ म कसोरी? मनभरि आज मेरो जे छ गाजलु आँखा झनै लजालु देखाऊँ कसरी यहाँ के छ? यो रातको त के भरोसा? बिहानी आउँछ एक छिनमा रोकिदिएर वेग समयको भुलिदिऊँ यो पलमा एक छिन भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन ♪ यो रातको त के भरोसा? बिहानी आउँछ एक छिनमा रोकिदिएर वेग समयको भुलिदिऊँ यो पलमा एक छिन भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन