हिँडेको छु आज फेरि हजार सपना बोकी जाने कहाँ? टुङ्गो छैन काँधमाथि जिम्मेवारी, जीवनको भारी बोकी पुग्ने कहिले हो? पत्तै भएन, mmm लेखिएकै हुन्छ यहाँ, देखेको झैँ हुन्न पूरा कुरा ओ, सोचे जस्तो, आँटे जस्तो, यो मनले चाहे जस्तो हुन्न किन यहाँ? तिमी छौ आज कहाँ, मेरी मायालु? त्यो बादलपारिको शहरमा मलाई कुरेर बसेकी त छौ कि? म हिँडिरहेछु अझै पनि बोकी त्यही पुराना विचार तिमी आऊ, आऊ न मनलाई सम्झाउन तिम्रै यादले सताइरहेछ मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ Ooh, ooh Ooh, ooh धेरै भयो खुलेर नहाँसेको धेरै भयो खुलेर नबाँचेको धेरै भयो खुलेर नहाँसेको धेरै भयो खुलेर नबाँचेको तिमी आऊ, आऊ न जिउन सिकाउन तिम्रै मायाले तानिरहेछ मन त्यसै-त्यसै आत्तिदिएछ, दिएछ Ooh, ooh Ooh, ooh Ooh, ooh