Kishore Kumar Hits

Swoopna Suman - Ek Bhanda Dui lyrics

Artist: Swoopna Suman

album: Ek Bhanda Dui


बाटो लामो जिन्दगीको कटाउन सँगसँगै
कोही त साथी चाहिने रहेछ
हाँसीखुशी जिन्दगानी कटाउँछु भन्दा पनि
दुःख नि साथै आउँदो रहेछ
Mmm, कलिलो आसमाथि दरिलो साथ दिने
कोही त साथी चाहिने रहेछ
जति सम्हालिएर हिँडे नि जिन्दगीमा
हजारौँ चोट पाइने रहेछ
हो, एक्लै हुनुमा पनि बेग्लै मजा छ
हो, एक्लै हुनुमा पनि बेग्लै मजा छ
तर एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ
तर एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ

लाखौँ (लाखौँ), हजारौँ (हजारौँ) को भीडमा पनि त
यो मुटु (यो मुटु) को कुरा (कुरा) बुझिदिने कोही एउटै भेटिए नि काफी हुने रहेछ
कहिलेकाहीँ आफ्नै सपनाहरू आफैमाथि भारी हुने रहेछ, ओ
तर नमानी हार, जीवनमा अघि बढ्ने प्रयास जारी हुने रहेछ
हो, एक्लै हुनुमा पनि बेग्लै मजा छ
हो, एक्लै हुनुमा पनि बेग्लै मजा छ
तर एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ
तर एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ

अँधेरी रातको जूनको ज्योति झैँ (हा)
डोर्याऊ मलाई तिम्रो साथले (हा)
यी औँला बिचका खाली ठाउँहरू (हा)
मेटाइदेऊ तिम्रो हातले (हा)
एक्लो यो जीवनमा आई, सदा बहार ल्याई
गाइरहेछ फेरि आज मेरो मनले कि
एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ
तर एकभन्दा दुई अलि बेसी नै जाती हुने रहेछ
Hmm, ला, ला-ला, ला, ला, ला-ला
Hmm
Hmm

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists