Kishore Kumar Hits

Swoopna Suman - Nasodha Malai lyrics

Artist: Swoopna Suman

album: Nasodha Malai


नसोध मलाई भोलिको बारेमा
नखोज मलाई तिम्रो त्यो सुन्दर भविष्यमा
म आफूले आफूलाई चिनेको छैन
डर लाग्छ, तिम्रो त्यो चित्त दुखाउँछु भनेर
(Hoo-woah, hoo-woah)
तिमी खोलाको एउटा किनारा
म त्यही खोलाको अर्को किनारा
समयले आज कोरिदियो बिचैमा पुल
तरौँ भने होला कि मबाट यो भूल
सम्बन्ध कस्तो तिम्रो-मेरो?
चिनेर पनि नचिने जस्तो
चाहेर पनि नचाहे जस्तो
पाएर पनि नपाए जस्तो
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ
ओ, ओ-हो, ओ, ओ-हो, ओ-हो-हो
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ-हो
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ-हो
Hmm
समयले हामीलाई बगाएर लैजाला
न रहुँला म न फर्की आउला यो दिन
भोलिको चिन्ताले सताउनेछ हामीलाई
अँगालोमा एक अर्काको भुलौँ एकै छिन
Mmm-hmm, hmm-mmm
आजको साँझ त तिमी छौ
सोचेर यही म खुशी छु
चाहिँदैन तिम्रो केही वाचा-कसम
साँचेर लाँदै छु सम्झना तिम्रो
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ-हो
ओ, ओ-हो, ओ, ओ-हो, ओ, ओ
नसोध मलाई भोलिको बारेमा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists